समाज कल्याण परिषद्को पहिलो बैठक : सम्पत्ति व्यवस्थापनदेखि बेरुजु शून्य बनाउनेसम्मका महत्वपूर्ण निर्णय

समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
माननीय मन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ। परिषद्को कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउँदै संस्थागत सुधारलाई प्रभावकारी रूपमा अघि बढाउने गरी नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरिएको हो।
विपद् प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५० लाख
बैठकले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रु. ५० लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
पछिल्लो विपद्बाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनःस्थापनामा राज्यले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले परिषद्ले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
परिषद्को जग्गा–जमिन र सम्पत्तिको खोजविन गरिने
परिषद्को नाममा देशका विभिन्न स्थानमा रहेका जग्गा, जमिनलगायत सम्पत्तिको खोजविन गरी यथार्थ अवस्था पहिचान गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसका लागि समिति गठन गरी परिषद्को सम्पत्तिको वास्तविक अवस्था अध्ययन, अभिलेखीकरण तथा संरक्षणको अवस्थाबारे प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइनेछ। यसबाट परिषद्को सम्पत्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
भृकुटीमण्डप र इच्छुमतीका संरचनाको अध्ययन
बैठकले भृकुटीमण्डप र इच्छुमतीस्थित परिषद्को जग्गामा निर्माण भएका संरचनाहरूको अवस्था अध्ययन गर्नसमेत समिति गठन गर्ने निर्णय गरेको छ।
समितिले परिषद्को जग्गामा रहेका संरचनाको अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। प्राप्त प्रतिवेदनका आधारमा ती सम्पत्ति तथा संरचनाको संरक्षण र व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
बेरुजु शून्यमा झार्ने कार्ययोजना बनाउन निर्देशन
परिषद्को वित्तीय अनुशासन सुदृढीकरणलाई विशेष प्राथमिकता दिँदै बैठकले परिषद्को नाममा कायम रहेको बेरुजु शून्यमा झार्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न परिषद् कार्यालयलाई निर्देशन दिएको छ।
लामो समयदेखि कायम बेरुजु फर्छ्योटलाई प्राथमिकताका साथ अघि बढाउँदै आर्थिक कारोबारलाई थप पारदर्शी, अनुशासित र जवाफदेही बनाउने बैठकको निर्णय छ।
आईएनजीओका स्थानीय साझेदार छनोट प्रक्रिया थप पारदर्शी बनाइने
बैठकले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले स्थानीय साझेदार संस्था छनोट गर्दा अपनाउनुपर्ने प्रक्रियासम्बन्धी विद्यमान कार्यविधि परिमार्जन गर्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
समय र आवश्यकताअनुसार कार्यविधि परिमार्जन गरी स्थानीय साझेदार संस्था छनोट प्रक्रियालाई थप व्यवस्थित, स्पष्ट र पारदर्शी बनाउने उद्देश्य राखिएको छ।
संस्थागत सुधारमा जोड
बैठकले समग्रमा परिषद्को सम्पत्ति संरक्षण र व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट, आईएनजीओसँगको साझेदारी प्रक्रिया सुधार तथा परिषद्को जग्गामा निर्मित संरचनाको अध्ययनलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्दै परिषद्को कामकारबाहीमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन थप सुदृढ गर्ने तथा संस्थागत सुधारलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासहित बैठक सम्पन्न भएको छ।
Images 3
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्। महिला, बालबालिका, लैङ्गिक…
1 PDF
बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ।…

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद्…
1 fileक्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (Roster)’…

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
काठमाडौं, असोज ४। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया…

विपद् प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्का कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा…
1 image



Comments 0
No comments yet. Start a respectful conversation.