
कलैया नेपालको मधेश प्रदेश स्थित बारा जिल्लामा पर्ने एक उपमहनगरपालिका हो। वि.सं. २०३९ सालमा नगरपालिकाको रूपमा स्थापित यो नगरलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते उपमहानगरपालिका घोषणा गरेको हो। सङ्घीय राजधानी काठमाडौँबाट ३०६ किलोमिटरको दुरीमा अवस्थित यो नगरपालिका बारा जिल्लाको सदरमुकाम समेत हो। स्थापनाकालमा यस नगरपालिकाभित्र तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। कुल ११ वडामा विभाजित तत्कालिन नगरपालिकामा वि.सं. २०४७ सालमा भतौडा, ब्रह्मपुरी, विशम्भरपुर गाविस थप गरि १४ वडामा विस्तार गरेर यसको क्षेत्रफल बढाइएको थियो। साविकमा १४ वटा वडामा मात्रै सीमित रहेकोमा नेपाल सरकारले यसलाई उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गर्दा ८ वडा गाविसहरू धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, झिटकैया उत्तर, भतौडा, मोतिसर र सिसहनियालाई गाभेर २७ वटा वडा कायम गरेको थियो। ९ वटा सहरी वडाहरू र १८ वटा ग्रामिण वडाहरू रहेको यस उपमहनगरपालिकामा विगतको तथ्याङ्क अनुसार कुल ७७ किलोमिटर सडक रहेकोमा १२ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलान र ३४ किलोमिटर ग्राभेल र बाँकी सडकहरू कच्ची रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, उपमहानगरपालिका wd
- अवस्थिति
- बारा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 42,826 (2011) wd
- क्षेत्रफल
- 108.94 km² wd
- आधिकारिक वेबसाइट
- kalaiyamun.gov.np wd
- निर्देशाङ्क
- 27.0333° N, 85.0000° E wd
नजिकका ठाउँहरू
- बारा जिल्ला — 0 km
- वीरगंज — 14 km
- सिमरा विमानस्थल — 14 km
- पर्सा जिल्ला — 27 km
- रौतहट जिल्ला — 31 km
- गौर नगरपालिका — 41 km
स्रोतहरू
- Wikipedia (English): Kalaiya · CC BY-SA 4.0
- Wikipedia (Nepali): कलैया उपमहानगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q2506989 · CC0 1.0
- Image: Kalaiya Nepal.jpg by Saddam19 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कलैया उपमहानगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/kalaiya?lang=ne. Retrieved 21 October 2026.