
घोराही नेपालको लुम्बिनी प्रदेशमा पर्ने दाङ जिल्लाको सदरमुकाम तथा एक उपमहानगरपालिका हो। यो उपमहनगरपालिका दाङ उपत्यकाभित्र पर्दछ। लमहीबाट फेडर रोडले जोडिएको यो क्षेत्र पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। सदरमुकाम भएको कारणले यो उपमहानगरपालिका दाङ जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। भित्री तराई क्षेत्रमा अवस्थित, यो नेपालको राजधानी काठमाडौँबाट ४१३ किलोमिटर दक्षिण-पश्चिममा अवस्थित छ। यो लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो र नेपालको ७औँ ठूलो सहर हो। यो सहर दक्षिणमा शिवालिक पहाड र उत्तरमा महाभारत शृङ्खलाले घेरिएको छ। यो सहर यसको परिदृश्य र आफ्नो हावापानीका लागि परिचित त छ नै यो सहर रोल्पा, प्युठान, सल्यान र रुकुम वरपरका क्षेत्रहरूको प्रवेशद्वारको सुविधा प्रदान गर्दछ। यो सहर पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तर-पश्चिममा सुर्खेत, थवाङ, रारा ताल, स्वर्गद्वारीको हिन्दु पवित्र भूमि र पाण्डवेश्वर र अम्बिकेश्वरी मन्दिर जस्ता पर्यटकीय गन्तव्यहरूसँग राम्रोसँग जोडिएको र नजिक छ। घोराही उच्च गुणस्तरको मह र अल्लो कपडाको लागि परिचित छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू, सहर, उपमहानगरपालिका wd
- अवस्थिति
- दाङ जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 156,164 (2011) wd
- क्षेत्रफल
- 522.21 km² wd
- उचाइ
- 701 m wd
- आधिकारिक वेबसाइट
- ghorahimun.gov.np wd
- निर्देशाङ्क
- 28.0408° N, 82.4861° E wd
नजिकका ठाउँहरू
- तुलसीपुर नगरपालिका — 21 km
- लुम्बिनी प्रदेश — 21 km
- दाङ जिल्ला — 22 km
- चुरे — 32 km
- लिवाङ — 32 km
- राप्ती अञ्चल — 33 km
स्रोतहरू
- Wikipedia (English): Ghorahi · CC BY-SA 4.0
- Wikipedia (Nepali): घोराही उपमहानगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1447290 · CC0 1.0
- Image: Ambikeshwari Temple अम्बिकेश्वरी मन्दिर, Ghorahi.jpg by Aniket Acharya - Hiro (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घोराही उपमहानगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/ghorahi?lang=ne. Retrieved 21 October 2026.