DigiNepal
गौतम बुद्ध विमानस्थल
DrunkYeti · CC0

गौतम बुद्ध विमानस्थल

Gautam Buddha International Airport

Read in English · हिंदी में पढ़ें

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो। यो विमानस्थल सन १९५८ देखि शुरूभएको हो यो विमानस्थलमा जेट बस्न सक्ने बनाइएपछि यात्रुको चाप अझ बढेर गएको छ। वि.सं. २०७८ कार्तिक ६ गते नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको करिब साढे दुई अर्ब रुपैयाँ बराबरको १८०० केजीको भगवान बुद्धको मुर्तिलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ। यो स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले नि:शुल्क उपलब्ध गराएको हो।

मुख्य तथ्यहरू

प्रकार
विमानस्थल, commercial traffic aerodrome wd
अवस्थिति
पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
उचाइ
109 m wd
निर्देशाङ्क
27.5056° N, 83.4161° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Gautam Buddha International Airport · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गौतम बुद्ध विमानस्थल · CC BY-SA 4.0
  3. Wikidata item Q3275873 · CC0 1.0
  4. Image: Gautam Buddha International Airport ATC view.jpg by DrunkYeti (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गौतम बुद्ध विमानस्थल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/gautam-buddha-international-airport?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौतम बुद्ध विमानस्थल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gautam Buddha International Airport ATC view.jpg — DrunkYeti, CC0.

← ठाउँहरू