
अछाम नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने एक पहाडी जिल्ला हो। १६८० वर्ग किलोमिटरसम्म फैलिएको अछाम, नेपालका दुर्गम जिल्लाहरू मध्ये एक हो। नयाँ नेपालको पुनसंरचना अनुसार यो जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा पर्दछ। अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन हो। हाल सेवामा नरहेको साँफेबगर विमानस्थल, सदरमुकाम मङ्गलसेनबाट आठ घण्टा पैदल दुरीमा पर्दछ। भौगोलिक हिसाबले विकट रहेको अछाम जिल्ला पर्यटकीय स्थल र प्राकृतिक सम्पदाहरूले भरिपूर्ण छ। रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदा देवि मन्दिर, वैजनाथ मन्दिर, दर्ना दरवार, मङ्गलसेन दरबार, विनायकका पञ्च देवलहरू, दर्नाका देवलहरू, बान्नीगढी, जैगढ, बयलपाटा आदि यस जिल्लाका धार्मिक तथा पर्यटकीय महत्त्व बोकेका स्थानहरू हुन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 228,852 (2011) wd
- क्षेत्रफल
- 1,692 km² wd
- आधिकारिक वेबसाइट
- ddcachham.gov.np wd
- निर्देशाङ्क
- 29.1114° N, 81.2988° E wd
भित्रका ठाउँहरू: अछाम जिल्ला
नजिकका ठाउँहरू
- मंगलसेन नगरपालिका — 6 km
- जनालीकोट — 10 km
- सुतार — 12 km
- सेती अञ्चल — 20 km
- कालीकोट जिल्ला — 31 km
- मान्मा — 31 km
स्रोतहरू
- Wikipedia (English): Achham District · CC BY-SA 4.0
- Wikipedia (Nepali): अछाम जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28426 · CC0 1.0
- Image: Baidhyanath Dham.jpg by Manoj Nath Yogi (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अछाम जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/achham-district?lang=ne. Retrieved 21 October 2026.