
पेले
Pelé
ब्राजिली फुटबल खेलाडी (सन् १९४०–२०२२)
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
एद्सो अरान्तेस दो नासिमेन्तो (ब्राजिली पोर्तुगाली: [ˈɛdsõ(w) aˈɾɐ̃tʃiz du nasiˈmẽtu]; सन् १९४० अक्टोबर २३ – सन् २०२२ डिसेम्बर २९), आफ्नो उपनाम पेले (पोर्तुगाली उच्चारण: [peˈlɛ])को नामले चर्चित एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी थिए जो अग्रपङ्क्ति स्थानबाट खेल्ने गरेका थिए। फिफाद्वारा पेलेलाई 'महानतम्' तथा सबै समयका महान खेलाडीहरू मध्ये एक मानिएको थियो। उनी २०औँ शताब्दीको सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वहरू मध्ये एक थिए। सन् १९९९ मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले 'एथलिट अफ द सेन्चुरी' घोषित गरेको थियो र टाइमद्वारा उनलाई २०औँ शताब्दीका '१०० सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू'को सूचीमा समावेश गरिएको थियो। सन् २००० मा पेलेलाई इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्सद्वारा 'शताब्दी विश्व खेलाडी'को रूपमा मतदान गरिएको थियो भने फिफाले उनलाई 'फिफा शताब्दी खेलाडी'का दुई संयुक्त विजेताहरू मध्ये एक घोषणा गरेको थियो। पेलेले आफ्नो जीवनकालमा १,३६३ खेलहरूमा १,२७९ गोल गरेर गिनिज वर्ल्ड रेकर्ड्समा नाम दर्ज गराएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Minister of Sports of Brazil (1 जनवरी 1995 – 31 डिसेम्बर 1998)
पुरस्कार wd
- Honorary Knight Commander of the Order of the British Empire (1997)
- Order of Rio Branco (1967)
- honorary citizen of Baltimore (1973)
- Distinguished Guest of Mexico City (2009)
- Llaves de la Ciudad de Mexico (2009)
- BBC World Sport Star of the Year (1970)
- South American Footballer of the Year (1973)
- National Order of Merit (1991)
- Ballon d'Or Dream Team (2020)
- FWA Tribute Award (2018)
- Laureus Lifetime Achievement Award (2000)
- BBC Sports Personality of the Year Lifetime Achievement Award (2005)
- FIFA Order of Merit (1984)
- FIFA Player of the Century (2000)
- Silver Olympic Order (2016)
परिचय
पेलेले १५ वर्षको उमेरमा सान्तोस फुटबल क्लब र १६ वर्षको उमेरमा ब्राजिल राष्ट्रिय फुटबल टोलीबाट खेल्न थालेका थिए। आफ्नो अन्तर्राष्ट्रिय करियरको समयमा उनले तीनवटा फिफा विश्वकप जितेका थिए। उनी १९५८,१९६२, तथा १९७० मा आयोजित फिफा विश्वकप जितेर कीर्तिमान बनाएका थिए।यसो गर्ने उनी एकमात्र फुटबल खेलाडी छन्। सन् १९५८ विश्वकप प्रतियोगितापछि उनलाई 'ओ रे' (राजा) उपनाम दिइएको थियो। पेलेले ९२ खेलमा ७७ गोलसहित ब्राजिलका लागि संयुक्त सर्वाधिक गोलकर्ता हुन्। क्लब स्तरमा, उनले ६५९ खेलहरूमा ६४३ गोल गरेका थिए भने सान्तोस फुटबल क्लबका सबै समयका शीर्ष गोलकर्ता थिए। आफ्नो देश ब्राजिलमा, फुटबल खेलमा उनको उपलब्धि र योगदानका कारण पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फुटबल खेलबाट सेवानिवृत भएपछि उनलाई फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको थियो।उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य रहेका थिए। उनले आफ्नो एक हजारौँ गोललाई ब्राजिलका गरीब बालबालिकाहरूका निम्ति समर्पित गरेका थिए।
स्रोतहरू
- Wikipedia (English): Pelé · CC BY-SA 4.0
- Wikipedia (Nepali): पेले · CC BY-SA 4.0
- Wikidata item Q12897 · CC0 1.0
- Image: Pele con brasil (cropped).jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पेले". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/pele?lang=ne. Retrieved 5 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मोहम्मद अली
युसेन बोल्ट
रोजर फेडरर
सचिन तेन्दुलकर
लियोनेल मेस्सी
Michael Jordan
Nadia Comăneci
Jesse Owens
Eliud Kipchoge
Simone Biles