डेकेन्द्र थापा
Dekendra Thapa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डेकेन्द्र थापा नेपालका युवा पत्रकार थिए। दैलेख जिल्ला कार्यक्षेत्र बनाएका यिनलाई द्वन्द्वकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो। ०६१मा माओवादीद्वारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएका थिए । गाउँले, पत्रकार महासङ्घ, मानवअधिकारवादी संघसंस्थाको पहल चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो- दैलेखको द्वारी गाउँमा। भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर सङ्कलन गरेका थिए। थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा एकीकृत नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Dekendra Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): डेकेन्द्र थापा · CC BY-SA 4.0
- Wikidata item Q3612209 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डेकेन्द्र थापा". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/dekendra-thapa?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
गौतम बुद्ध
Dona Sarkar
बालकृष्ण सम
राधा पौडेल
योगमाया न्यौपाने
भूपि शेरचन
तारानाथ शर्मा
अम्बालिकादेवी
चित्तधर हृदय
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
कृष्णलाल अधिकारी