कित्ताकाट सिफारिस
सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका
अहिले खुला · बन्द हुने 17:00
- आवश्यक कागजात
- १. निवेदन पत्र, नागरिकताको प्रतिलिपी २. जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी ३. जग्गाको प्रमाणित नापी नक्सा ४. घरजग्गा भए चालु आ.व.सम्मको घरजग्गा कर/सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ५. राय सहितको प्राविधिक निरीक्षण प्रतिवेदन
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- वडा कार्यालय
- प्रक्रिया
- १. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश ३. निवेदन दर्ता ४. तोकिएका प्राविधिक कर्मचारीबाट स्थलगत निरीक्षण प्रतिवेदन तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026