DigiNepal
Englishनेपाली

एकतर्फी यात्रा अनुमतिपत्र

सेवा दिने कार्यालय · Embassy of Nepal, Ottawa

आवश्यक कागजात
रीत पूर्वक भरिएको आवेदन फाराम। यात्रा अनुमतिपत्र किन आवश्यक रहेको भन्ने व्यहोरा स्पष्ट खुलेको निवेदन। नेपाली राहदानीको सक्कल र प्रतिलिपि। (हराएको राहदानीको हकमा सक्कल आवश्यक नहुने।) नेपाली नागरिकताको प्रतिलिपि। क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper) राहदानी हराएका आवेदकहरूको हकमा राहदानी हराएको व्यहोराको प्रहरीबाट जारी गरिएको रिपोर्ट। तीन प्रति पासपोर्ट साइजको फोटो। आफ्नो ठेगाना लेखिएको फिर्ती खाम। (स्वयम् लिन आउने आवेदकको हकमा आवश्यक नहुने)
शुल्क
75
लाग्ने समय
3-4 कार्य दिन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026