DigiNepal
Englishनेपाली

राहदानी

सेवा दिने कार्यालय · Embassy of Nepal, Ottawa

आवश्यक कागजात
१. राहदानी नवीकरणका लागिः रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट। नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि। पुरानो राहदानीको सक्कल र प्रतिलिपि। क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper) tracking number सहितको prepaid self-addressed express return envelope। २. हराएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः रीत पूर्वक अनलाइन प्रि-इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट। नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि। पुरानो राहदानीको प्रतिलिपि। राहदानी हराएका सम्बन्धी प्रहरी प्रतिवेदन। क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper) tracking number सहितको prepaid self-addressed express return envelope। ३. च्यातिएको, ब्रिगेको वा केरमेट भएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट। नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि। पुरानो राहदानीको सक्कल र प्रतिलिपि। (ब्रिगिएको राहदानी अनिवार्य ल्याउनुपर्ने) क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper) tracking number सहितको prepaid self-addressed express return envelope। 4. नाबालक (१६ वर्षभन्दा मुनिका) आवेदकको लागिः रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट। नाबालक परिचयपत्र र जन्म दर्ताको सक्कल र प्रतिलिपि। पुरानो राहदानीको सक्कल र प्रतिलिपि। क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper) नाबालकको बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ताको सक्कल र प्रतिलिपि। tracking number सहितको prepaid self-addressed express return envelope।
शुल्क
नवीकरण 220 हराएको/बिग्रेको 330 नाबालक 110 (१० वर्ष भन्दा मुनिको हकमा) नाबालकको हराएको वा बिग्रेको 165(१० वर्ष भन्दा मुनिको हकमा)
लाग्ने समय
२-३ महिना
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
द्वितीय सचिव श्री प्रेमप्रसाद बराल सम्पर्क 3435724789
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: राहदानी →