संस्था नबिकरण
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सुनसरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- संस्था नबिकरण १. नबिकरणका लागि तोकिएको ढाँचाको निवेदन । २.विधान सम्मत साधारणसभाले चालु आ.ब. को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.ब. को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपी र सम्बन्धित आ.ब. को वार्षिक कार्यप्रगति बिवरण । ३. संस्थाको पान (PAN) दर्ता प्रमाणपत्र र सम्बन्धित आ.ब. को लागि आन्तरिक राजश्व कार्यालयको सिफारिस । ४. सम्बन्धित आ.ब. को लागि सम्बन्धित स्थानीय तहको सिफारिस । ५ जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपी, Format मा soft copy । ६. संस्थाको प्रमाणपत्रको फोटोकपी । ७. बैदशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र र कार्यक्रम अनुगमनको प्रतिवेदन र स्थानीय तह (नगरपालिका/महानगरपालिका) कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन । ८. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली । ९. कुल साधारण सदस्य संख्या खुलाएको नामावलीसहितको प्रमाणित बिवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थितिको संख्याको बिवरण । १०. बालगृह सञ्चालन सम्बन्धी संस्था भए बालगृहमा सशुल्क वा निशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस । ११. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नविकरण समेत देखिने गरी), करचुक्ताको प्रमाणपत्र समेत ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संस्था नबिकरण १. कोठा नं. १७ मा तोक आदेश हुने । २. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026