DigiNepal
Englishनेपाली

धर्मपुत्र/धर्मपुत्री प्रदान गर्न सिफारिश गर्ने

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. रितपूर्वकको निवेदन २. धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्न चाहने दम्पतीमध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुकको स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएको पत्र । ३. अन्य स्वास्थ्य सम्बन्धी विवरण ४. विवाह दर्ता प्रमाणपत्र ५. पारिवारिक विवरण ६. चारित्रिक विवरण ७. आर्थिक स्थितिको विवरण ८. विदेशीको हकमा राहादानी र भीसाको प्रतिलिपि ९. सम्बन्धित मुलुक वा सो मुलुकको दुतावासबाट नेपाली बालबालिका धर्मपुत्र/पुत्री ग्रहण गर्न सहमति दिएको पत्र १०. अविवाहित, सम्बन्ध विच्छेद गरेको, न्यायिक पृथकीकरण गरेको, विधुर वा विधवाको हकमा त्यस्तो भएको आधिकारिक प्रमाणपत्र ११. बेवारिसे बालबालिकाको हकमा मान्यताप्राप्त बालगृहको सिफारिस तथा प्रहरी प्रतिवेदन १२. बालबालिका धर्मपुत्र/धर्मपुत्री दिनको लागि आवश्यक हुने मापदण्ड बमोजिमको अन्य योग्यता पुगेको हुनुपर्ने
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
प्र.अ. शाखा
जिम्मेवार
स.प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026