वंशज नेपाली नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सप्तरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. अनुसूची १ को फाराममा न.पा.,गा.पा. वा वडाको सिफारिस । २. बाबुको ना.प्र. र विवाहित महिला भए विवाह दर्ता, पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । ३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । ५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता) ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः- १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र ४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण ५. मतदाता परिचय पत्र
- शुल्क
- रु १०।– को टिकट
- लाग्ने समय
- प्रमाण पुगेमा उसै दिन
- काउन्टर / कोठा
- प्र.अ. शाखा
- जिम्मेवार
- सहायक प्र.जि.अ./ प्र.अ. शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-28) · जाँचिएको 16 Oct 2026