गैर आवासिय नागरिकता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुस्ताङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- -नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूची- ८ (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन, - नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूची - ८ (घ) बमोजिमको प्रतिबद्धता पत्र अनुसूची - ८ (च) बमोजिमको शपथ, - विदेशी मुलुकको नागरिकता प्रमाणपत्र वा नागरिक भएको प्रमाण, - सार्क सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण र उक्त मुलुकबाट लिएको राहदानी, - सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिई नागरिकता त्याग गरेको प्रमाण, - निवेदकको आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपाली नागरिक रहेको प्रमाण सहित सनाखतको लागि उपस्थित हुनपर्नेछ । यदी नजिकको नातेदार नभएमा निजलाई चिन्ने, बुझ्ने निजकको नातेदार वा नेपाली नागरिकबाट थप बुझी सनाखत गराउन सकिनेछ । - जिल्ला प्रशासन कार्यालयले प्रहरी कार्यालय तथा अन्य निकायबाट स्थलगत सर्जमिन मुचुल्का गरी थप आवश्यक व्यहोरा बुझ्न पठाउन सक्नेछ ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- कोठा 101
- जिम्मेवार
- प्र.जि.अ./स.प्र.जि.अ (कोठा नं.१०१)
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026