DigiNepal
Englishनेपाली

नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य १) अनुसूची-२ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस । क) पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा मतदाता परिचयपत्र वा जग्गाधनी पुर्जा, ना.प्र.न. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने । ख) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः- अ. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र । आ. जग्गाधनी प्रमाण पूर्जा, मतदाता परिचयपत्र । इ. नागरिकताको अभिलेख भिडेको पत्र । ई. स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण । ग) पतिको नाम थर कायम गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन चाहेमा विवाह दर्ता र पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । घ) धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित बाबु,आमा,दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नयाँ ना.प्र.लिए सरहको प्रकृया )।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रतिलिपि →