वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य ।
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य । १) अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित स्थानीय तहको पदाधिकारीको सिफारिस साथ देहायका प्रतिलिपि संलग्न गरी निवेदन दिनुपर्ने । क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने । ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र । ग) जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरेको जन्मदर्ता प्रमाण पत्र । घ) जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र (SEE / SLC वा सो भन्दा माथि) । २) बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने । ३) नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः- क) विवाह दर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र, ख) बाबु, आमा, दाजु वा भाईको नागरिकता प्रमाण पत्र । ग) जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र (SLC वा सो भन्दा माथि ) घ) जन्म स्थान र नाता खुल्ने गरी स्थानिय तहको जन्मदर्ता प्रमाण पत्र ६) बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः- क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र ख) जग्गाधनी प्रमाण पूर्जा । ग) नागरिकताको अभिलेख भिडेको पत्र । घ) स्थायी बसोबास (बिजुलीको बिल, धारा पानीको बिल) को प्रमाण
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026