वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मका आधारमा नेपाली नागरिकताको प्रतिलिपी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा पा/न.पा.बाट सिफारिस भएको । २. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.नम्बर वा जारी मिति र जारी गर्नेको विवरण खुलेको प्रमाण । ३.बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र । ४. अभिलेख नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट झिकाइनेछ ।
- शुल्क
- रु २०।– को टिकट
- लाग्ने समय
- प्रमाण पुगेकोमा उसै दिन
- काउन्टर / कोठा
- स.प्र.जि.अ शाखा
- जिम्मेवार
- प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026