DigiNepal
Englishनेपाली

वंशज नेपाली नागरिकता

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. अनुसूची १ को फाराममा नगरपालिका (न.पा.) वा गाउँपालिका (गा.पा.)को वा सम्बन्धित वडाको सिफारिस । २. बाबुको नागरिकता प्रमाणपत्र (ना.प्र.) र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि । ३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु । ५. एस.एल.सी. वा एसइइ उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता) ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः- १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा वा ३. नक्शा पास प्रमाणपत्र वा ४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रमाण पुगेमा उसै दिन
काउन्टर / कोठा
स.प्र.जि.अ शाखा
जिम्मेवार
प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →