DigiNepal
Englishनेपाली

नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत) (अ) नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाको हकमा :- सम्वन्धित वडा कार्यालयको अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ । जन्म मिति र जन्म स्थान खुल्ने कागज प्रमाण । बाबु र आमाको सम्बन्धित देशको पहिचान खुल्ने प्रमाणपत्र। पतिको नागरिकता प्रमाण पत्र र विवाह दर्ता प्रमाण पत्र। विदेशी नागरिकताको प्रमाण पत्र त्याग गर्न कारवाही चलाएको प्रमाण र शपथ पत्र। नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भएमा भिसाको म्याद कायम रहेको निस्सा । पतिको सनाखत । पति नभएमा नाता भिड्ने नजिकको नातेदार सासु/ ससुरा/देवर वा जेठाजुको सनाखत । सनाखत गर्ने व्यक्ति संगको नाता प्रमाणित। आवश्यक देखिएमा वडा र प्रहरीको सर्जमिन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ । (आ) विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा थप :- सम्वन्धित वडा कार्यालयको अनलाइन सिफारिस भएको अनुसूची फाराम -७ । आमाको नेपाली नागरिकताको प्रमाणपत्र । जन्म दर्ता प्रमाण पत्र र शैक्षिक योग्यताको प्रमाण पत्र। नेपालमा स्थायी बसोबास गरेको खुल्ने सम्वन्धित वडा कार्यालयको सिफारिस । बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता नलिएको भनी निज र निजको आमाले गरेको- अनुसूची ‘७ क’ बमोजिमको स्वघोषणा । आमाको मृत्यु भएकोमा मृत्युदर्ता प्रमाणपत्र आमाको होस ठेगान नभएको अवस्थामा स्विकृत चिकित्सकले गरेको सिफारिस । आवश्यक्ता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ । (इ) बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्न अगावै मृत्यु भएको वा सम्पर्क विहिन भएका व्यक्तिका सन्तानको हकमा थप :- जन्मदर्ता प्रमाणपत्र । कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र । बाबु वा आमाको मृत्यु भएको भए-मृत्युदर्ता प्रमाणपत्र । जन्मस्थान, नाता र नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुलेको स्थानीय तहको सिफारिस । बाबु वा आमा सम्पर्क विहिन भएको भए – सो व्यहोरा खुलेको स्थानीय तहले गरिदिएको सिफारिस । बाबु वा आमाको मृत्यु भएको वा सम्पर्क विहीन भएको अनुसूची ७ ख बमोजिमको स्व-घोषणा । (ई) विदेशमा जन्मेको बाबुको पहिचान नभएको सन्तानको हकमा थप :- नेपालको नागरिक आमाबाट विदेशमा जन्मेको हुनुपर्ने । नेपालमा स्थायी बसोबास गरिरहेको हुनुपर्ने । विदेशको राहदानी वा नागरिकता नलिएको । बाबुको पहिचान नभएको । सोह्र वर्ष उमेर पूरा भएको । आवश्यक कागजात जन्मदर्ता प्रमाणपत्र । आमाको नेपाली नागरिकताको प्रमाणपत्र । निजको जन्मसम्बन्धी मुलुक, स्थान र जन्मसम्बन्धी विवरण खुल्ने कागजात । नेपालमा स्थायी बसोबास गरेको र बाबुको पहिचान नभएको व्यहोरा खुल्ने स्थानीय तहको सिफारिस । विदेशी मुलुकको नागरिकता/राहदानी नलिएको भनी निज र निजको आमाले अनुसुची-७क बमोजिम गरेको स्वघोषणा । आवश्यकता अनुसार वडा र प्रहरीको सर्जमीन मुचुल्का वा प्रतिवेदन समेत माग गर्न सकिनेछ ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
नागरिकता सम्बन्धि सेवा (अङ्गीकृत)

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-27) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →