गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- A4 Size को नेपाली कागजमा अनुसूची ८ ग बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिवद्धता पत्र, नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी, अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र, अनुसुची ८ च बमोजिमको सपथ, बडा/प्रहरी सर्जमिन मुचुल्का, अन्य तोकिएको कागजातहरु, निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्न सकिने, तोकिएबमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।
- शुल्क
- रु १० को हुलाक टिकट
- लाग्ने समय
- कागजात पुगेको भए सोही दिन
- काउन्टर / कोठा
- कोठा 110
- जिम्मेवार
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026