नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, गोरखा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- A4 Size को नेपाली कागजमा अनुसूची १ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश, सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ १३ अंक अनलाईन (Online) दर्ता भएको जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रहरु/SEE प्रवेश पत्र, विदेशमा पढेको हकमा राष्ट्रिय परिक्षा वोर्ड वा त्रि. वि. बाट समकक्षता निर्धारण गरी ल्याउनु पर्ने, आमा वा आफ्नो बंश तर्फको तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति, आमा जिवित नभएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको सक्कल प्रति , आमाको होस ठेगानमा नभएको अवस्थामा चिकित्सकले होस ठेगानमा नभएको भनी गरेको सिफारिश पत्र , सिफारिश गर्ने स्थानीय तह भित्र जन्म भई निरन्तर रुपमा स्थायी बसोवास भएको तथ्य स्पष्ट रुपमा उल्लेख भएको स्थलगत सर्जमिन मुचुल्का, सम्बन्धित बडा कार्यालयबाट प्रमाणित पारिवारिक विवरण, जन्म स्थान र नाता खुल्ने गरी गा.पा./न.पा.ले गरिदिएको फोटो सहितको नाता प्रमाणित उद्गम स्थान र गन्तव्य स्थानको १३ अंक सहितको Online वसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति (ठेगाना परिवर्तन गरी ना.प्र. लिन चाहेमा), जग्गा धनी प्रमाणको सक्कल प्रति, लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु: पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद, राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा भूमिहिन / सुकुम्बासी परिचयपत्र जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी, स्थायी लेखा नम्वर, व्यवसाय दर्ता प्रमाणपत्र, अनुसूची-३ बमोजिमको स्थलगत सर्जमिन मुचुल्का अनुसूची-४, बमोजिमको सर्जमिन मुचुल्का , निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिए बमोजिमको स्व:घोषणा, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ७ दिने सुचना टाँस गर्ने र सातौं दिन पछी मुचुल्का सहितको उजुरी नपरेको जानकारी / प्रमाणित पत्र सक्कल प्रति, स्थलगत प्रहरी सर्जमिन मुचुल्का, अन्य तोकिएको कागजात ।
- शुल्क
- रु १० को हुलाक टिकट
- लाग्ने समय
- कागजात पुगेको भए सोही दिन
- काउन्टर / कोठा
- कोठा 110
- जिम्मेवार
- प्र.अ. कोठा नं ११० (क) स.प्र.जि.अ. कोठा नं २०५
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-15) · जाँचिएको 16 Oct 2026