DigiNepal
Englishनेपाली

बंशजको आधारमा नेपाली नागरिकता

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, दार्चुला

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
क) निवेदक यसै जिल्लाको भए (विवाहित महिला वाहेक) सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र वुवा, आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ख) विवाहित महिला सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) विवाह दर्ता प्रमाण-पत्र पति/ससुराको नागरिकताको प्रमाण पत्र पति/सासु/ससुरा/जेठाजु/देवर मध्ये कसैको सनाखत उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ग) अन्य जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा:- सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार) बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता) जन्मदर्ता प्रमाण-पत्र/ नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत) ठेगाना परिवर्तनको हकमा बसाइसराइ प्रमाण पत्र, जग्गा धनी प्रमाण पुर्जा,घरको नक्सा पास प्रमाण पत्र, बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ वावु/आमा सो नभए दाजु वा भाई वा तिन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । जग्गाधनी लालपूर्जा, पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
कोठा 7 · शाखा
जिम्मेवार
शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →