DigiNepal
Englishनेपाली

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने), पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र । हालसालै खिचिएको फोटो २ प्रति । महत्वपूर्ण जानकारीः सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ। आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने छ । नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ । आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026