वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला)
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला) फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम । विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्वन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/Voter ID/दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति । विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, दुतावासको पत्र आदि)। सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने। भारत वाहेक मुलुकको हकमा निवेदकले हाल सम्मको अवधिभर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला) कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026