वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, भक्तपुर
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको ) नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने । फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची १ फाराम । जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको नेपाली नागरिकता प्रमाणपत्र। हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति । नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता । सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित । बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र। महत्वपूर्ण जानकारीः सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ। नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ। नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन । यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ । नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ। आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको ) कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-07) · जाँचिएको 16 Oct 2026