राष्ट्रिय परिचय पत्र सम्बन्धमा
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- राष्ट्रिय परिचय पत्र सम्बन्धमा १- नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल र नक्कल) २-आमा, बुबा र बाजेको नागरिकता अनिवार्य रुपमा (सक्कल र नक्कल) ३-विवाहित को हकमा पति/पत्निको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाण पत्र (सक्कल र नक्कल) ४-बसाईसराइ गरिएको भए (अन्तर वडा समेत) सो को प्रमाण पत्र (सक्कल र नक्कल) ५-शैक्षिक प्रमाण पत्रहरु (सक्कल र नक्कल) ६-आमा बुवा नभएका को हकमा संरक्षक प्रमाण पत्र र साक्षीहरुको नागरिकताको प्रमाणपत्र (सक्कल र नक्कल) ७-संरक्षक प्राकृतिक व्यक्ति नभएको हकमा सो संरक्षक संस्थाको प्रमाण पत्रहरु (सक्कल र नक्कल) ८-राहदानी लिएको भए सक्कल/नकक्ल ९-नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र (राहदानी, जन्मदर्ता, शैक्षिक योग्यताका प्रमाणपत्र, कर्मचारीको संचयकोष प्रमाण पत्र, सिटरोल) सो नभए गाउँपालिका / नगरपालिको सिफारिस (सक्कल)
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- राष्ट्रिय परिचय पत्र सम्बन्धमा १-शुद्ध र स्पष्ट भरिएको आवेदन फाराममा कोठा नं. २ बाट रुजु गर्ने । २-आफ्नो सम्पूर्ण सक्कल कागजातहरु सहित कोठा नं. ७ सात बाट विवरण दर्ता गर्ने । ३-कोठा नं. ७ बाट दिएको कन्फर्मेसन पेजलाई पुनः कोठा नं. २ बाट रुजु भए पछि कोठा नं. ७ सातमा गई स्क्यान गर्ने । ४-स्क्यान भएको कन्फर्मेसन पेज मा तपाईको NID नम्बर सहितको पत्र सुरक्षित राख्ने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026