संघ/सस्था नविकरण
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- संघ/सस्था नविकरण संस्था नविकरणको लागि जिल्ला प्रशासनलाई सम्बोधन गरेको संस्थाको आधिकारिक निवेदन । विधानसम्मत साधारण सभाले चालु आ.व.को लेखापरीक्षक नियुक्ति, सम्बन्धित आ.ब.को सक्कल लेखापरिक्षण प्रतिवेदन, लेखापरिक्षकको प्रमाण पत्र, PAN दर्ता प्रमाणको प्रतलिपी, लेखापरिक्षण प्रमाणपत्र (नविकरण समेत देखिने) र कर चुक्ताको प्रमाणपत्र समेत । बार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/ सचिवले प्रमाणित गरेको प्रतिलिपि । आन्तरिक राजश्व कार्यालय, भक्तपुरबाट कर फर्छौट भएको प्रमाण पत्र सम्बन्धित आ.व.को लागि स्थानीय तहको सिफारिस पत्र सहित चालु आ.व.को कार्यक्रम र बजेटको प्रमाणित प्रतिलिपि । संस्थाको पान(PAN) दर्ता प्रमाणपत्र र संस्थाको प्रमाणपत्रको फोटोकपी । जिल्ला प्रशासन कार्यालयले स्विकृत गरेको संस्थाको विधानको प्रतिलिपि(PDF Format फाइल समेत) । संस्थाको लेटरप्याडमा वर्तमान कार्य समितिका प्रमाणित नामावली(निर्वाचन भएको भए मिति खुलाउने)। कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारण /विषेष साधारण सभामा उपस्थितिको संख्याको विवरण । बालगृह सञ्चालन सम्बन्धित संस्था भए बालगृहमा सशुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तहको सिफारिस । बैदेशिक सहयोगको कार्यक्रम सञ्चालन गरेको भए स्थानीयतहको कार्यक्रम सञ्चालनको स्थलगत अनुगमनको प्रतिवेदन सहितको सिफारिस ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संघ/सस्था नविकरण कोठा नं.३ प्रशासन फाँट
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026