DigiNepal
Englishनेपाली

संघ/सस्था दर्ता

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
संघ/सस्था दर्ता संस्था दर्ताका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका पदाधिकारी र सदस्यको हस्ताक्षर भएको निवेदन । तदर्थ समितिका सबै पदाधिकारीको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी र स्थानीय तह (गाउँपालिका/नगरपालिका)को सिफारिस पत्र। सफाँ संग A4 साइजको नेपाली कागजमा एकापट्टी मात्र टाइप गरेको प्रत्येक पानाको तल र माथि तदर्थ समितिका सबै पदाधिकारी र सदस्यको हस्ताक्षर गरेको विधान ३ प्रति (नेपाली कागजमा) र विधानको PDF Format मा Scan गरेको Soft copy समेत पेश गर्ने । संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नम्बर र फोटो सहितको नामावली । संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन । तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनु पर्ने । संस्थाको कार्यालय रहने घरको बहालमा भए धरधनी संग गरिएको करारपत्र । संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट । संस्थाको नाम र उद्देश्यको बिषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायमा राय प्रतिक्रिया लिनुपर्ने भएमा सो को सिफारिस ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
बडापत्रमा उल्लेख छैन
प्रक्रिया
संघ/सस्था दर्ता कोठा नं.३ प्रशासन फाँट

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026