सिफारिस तथा प्रमाणित
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- सिफारिस तथा प्रमाणित क) आदिवासी जनजाती आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको परिचयपत्र । सम्बन्धित स्थानीय तहको सिफारिस । नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित तोकिएको ढाँचामा निवेदन। नाबालक भए नाबालक परिचयपत्र सहित बाबु आमाको नागरिकताको प्रतिलिपि । स्थायी ठेगाना बैतडी जिल्ला बाहेक अन्य जिल्ला भए बसाइसराई दर्ता प्रमाणपत्र । कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र । ख) भारतिय पेन्सनरको पारिवारिक विवरण लगायतको सिफारिस रित पुर्वकको निवेदन साथ पासपोर्ट साईजको २ प्रति फोटो । सम्बन्धित वडा कार्यालयको सिफारिस । निवेदकको नागरिकताको प्रमाण पत्रको सक्कल तथा फोटोकपी । पेन्सनपट्टाको फोटोकपी लगायत प्रमाण खुल्ने अन्य कागजातहरु । ग) नाता प्रमाणित सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस । नाता प्रमाणित गरिलिने सबैको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि । नाता प्रमाणित गरिलिने सबैको पासपोर्ट साइजको २/२ प्रति फोटो । मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र । विवाहिताका लागि विवाहदर्ता प्रमाणपत्र र पेन्सनरको हकमा पेन्सनपट्टा । स्थानीय तहबाट भएको नाता प्रमाणित । रितपुर्वकको निवेदन । घ) नामथर, वतन प्रमाणित सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस । पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु । स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति । रितपुर्वकको निवेदन । ङ) पारिवारिक विवरण प्रमाणित रितपुर्वकको निवेदन । सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको पारिवारिक विवरण खुलेको सिफारिस । पेन्सनपट्टा, शैक्षिक योग्यताका प्रमाणपत्र वा अन्य सम्बन्धित प्रमाणपत्रहरु । स्पष्ट मुखाकृति देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति । मृतकको हकमा मृत्यु दर्ताको प्रमाणपत्र । परिवारका सबै सदस्यहरुको नागरिकता प्रमाणपत्रको सक्कल एवं फोटोकपी नाबालकको हकमा नाबालक परिचयपत्र ।अन्य आवश्यक प्रमाणपत्रहरु । च) नामथर,जात, उमेर आदि स-सानो संशोधनका लागि सिफारिस व्यहोरा खुलेको निवेदन । नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि, विद्यालयको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको सिफारिस । स्थानीय निकाय र प्रहरी प्रतिवेदन सिफारिस । (एस.ई.ई.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्ने व्यहोराको सिफारिस मात्र पाइने । )नोट: एस.ई.ई. दिएको ६ महिना भन्दा बढी भएमा उमेर सच्चिने छैन) छ) एकै व्यक्ति सिफारिस (जन्ममिति, ठेगाना, नामथर, विचको हिज्जे आदि ) नागरिकता प्रमाणपत्र सहित व्यहोरा खुल्ने रितपुर्वको निवेदन । कुन-कुन कागजातमा विवरण फरक परेको हो सो को सक्कल र फोटोकपी । सम्वन्धित वडा कार्यालयको व्यहोरा खुलेको सिफारिस । आवश्यक्तानुसार प्रहरी प्रतिबेदन माग गर्न सकिने । ज) अन्य विवरण प्रमाणित रितपुर्वकको निवेदन स्थानीय निकायको विषयगत सिफारिस । सम्बन्धित कागजातहरुको सक्कल तथा फोटोकपी । निवेदकको नागरिकता प्रमाणपत्रको सक्कल तथा फोटोकपी । अन्य सम्बन्धित ऐन नियमानुसारका कागजात ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- सिफारिस तथा प्रमाणित कोठा नं.३ प्रशासन फाँट
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026