DigiNepal
Englishनेपाली

विद्यालय खोल्न अनुमति

सेवा दिने कार्यालय · भिमदत्त नगरपालिका

अहिले बन्द · सप्ताहान्त (शनि र आइतबार)
आवश्यक कागजात
१) निवेदन पत्र, शिक्षा नियमावली २०५९को अनुसूची १ बमोजिमको निवेदन र सम्बन्धित वडाको सिफारिस २) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) विद्यालय व्यवस्थापन समितिका निर्णय प्रतिलिपि ४) नजिकका सामुदायिक विद्यालयहरुको सहमति पत्र ५) संस्थापक, व्यवस्थापन समिति र प्रधानाध्यापकको ना.प्र.प.को प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ६) कक्षागत शुल्क तथा पाठयपुस्तकहरु सम्बन्धी निर्णय प्रतिलिपि ७) बहालमा भए घरधनी सँग कम्तीमा ५ वर्षका लागि गरिएको घर भाँडा सम्झौताको प्रतिलिपि ८) विद्यालयको नाममा कुनै जग्गा वा घर भएमा सो को चालु आ.व. सम्मको सम्पति(भुमि) कर तिरेका रसिदको प्रतिलिपि ९) मन्टेश्वरी लगायत पूर्व प्राथमिक शिक्षाका लागि बाल विकास केन्द्र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि र शिक्षा नियमावली, २०५९को अनुसूची २ बमोजिमको निवेदन १०) स्थलगत अनुगमन समितिको सिफारिस
शुल्क
१) मन्टेश्वरीको हकमा रु. ५०००।- २) १ देखी ५ सम्म (आधारभूत तह) रु. ५०००।- प्रतिकक्षा ३) ६ देखी ८ सम्म(आधारभूत तह) रु. ७०००।- प्रतिकक्षा ४) ९ देखि १० (माध्यमिक तह) रु.९०००।- प्रतिकक्षा ५) ११ देखी १२ सम्म (माध्यमिक तह) रु. १०,०००।-
लाग्ने समय
सोही दिन
काउन्टर / कोठा
तथा माध्यमिक शाखा
जिम्मेवार
प्रमुख प्रशासकीय अधिकृत आधारभूत तथा माध्यमिक शाखा
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026