नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा
२ मंसिर २०८३2 Mangsir 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ, २ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक सिमरा गाविसका वडा नं १ देखि ७ सम्मका ती परिवारले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाएका हुन् । नापी कार्यालय सर्लाहीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच २०७१ सालमै सम्पन्न भएको थियो । तर नापजाँच र नक्साङ्कन पूरा भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया बाँकी रहेकाले लालपुर्जा वितरण हुन सकेको थिएन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको पहलमा लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेपछि लालपुर्जा वितरण गरिएको उहाँको सचिवालयले जनाएको छ ।
लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र भूमिसम्बन्धी विवाद निरुपणमा सहयोग पुग्ने सचिवालयले जनाएको छ ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.