DigiNepal
Karrattul · Public domain

Mha Puja

म्ह पूजा

National daysHinduBuddhistNewar

Dates

2083 BSDate to be announcedDate to be announced
2084 BSDate to be announcedDate to be announced

Mha Pujā (Newar Script: 𑐴𑑂𑐩𑐥𑐸𑐖𑐵‎) (Devanagari: म्हपुजा) is an annual ritual performed by the Newar people of Nepal to purify and empower the soul as part of New Year celebrations. It is performed on New Year's Day of Nepal Sambat, the national lunar calendar of Nepal, which occurs during the Swanti festival.

Mha Puja, meaning "worship of the self" in Newari, celebrates the spirit within oneself. The ceremony signifies an auspicious beginning of the New Year, and invokes prosperity and longevity for the participant. Mha Puja and Nepal Sambat are also observed by Nepali diaspora settled abroad.

नेपालीमा

म्ह पूजा चन्द्रमानक नेपाल सम्वत् अनुसारको नयाँ वर्षको सुरुवात कछलाथ्व पारु (कार्तिक शुक्लपक्ष प्रतिपदा) तिथिका दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रूपमा एकै ठाउँमा बसी आफूलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नो पुजा गरिन्छ । म्ह पूजा हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्ह पूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी आफ्नो आफै पुजा गर्न लगाइन्छ । आफ्नो प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफूलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा बसेका नेपालीहरूले पनि यस म्ह पूजालाई आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

Observed by: Nepalese Hindus and Buddhists

Related festivals

Text from the Wikipedia article Mha Puja, CC BY-SA 4.0. Nepali text from नेपाली विकिपिडिया, CC BY-SA 4.0. Image: Wikimedia Commons — Karrattul, Public domain. Dates: Government of Nepal public holiday list where marked “Official”; never computed by DigiNepal.

← All festivals