DigiNepal
उदयपुर जिल्ला
Rmfenner · CC BY-SA 4.0

उदयपुर जिल्ला

Udayapur District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

उदयपुर जिल्ला नेपालको कोशी प्रदेश को पश्चिम-दक्षिण हिस्सामा अवस्थित छ। यस जिल्लाले महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वतमालासम्मको भू-भाग समेटेको छ। यसको कुल क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको हिसाबले यो जिल्ला नेपालको २७औं पूर्वाञ्चल विकास क्षेत्रको चौथो र सगरमाथा अञ्चलको दोस्रो स्थानमा पर्दछ। देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाई परिचय गराउन थप मद्दत पुगेको छ। यो जिल्ला महाभारत शृङ्खला र चुरे पर्वत शृङ्खलाबीच रहेकाले महाभारत शृङ्खला अन्तर्गत धारिला, बिकट, डाँडाहरू, छरिएका र पातलिएका बस्तीहरू छन्। भने महाभारत फेदिदेखि चुरे शृङ्खलाको बीचमा दुईवटा ठूला-ठूला लाम्चो आकारको समथर फाँट भएको हुँदा यस जिल्लालाई भित्री मधेसको रूपमा गणना गरिन्छ। यस जिल्लाको पश्चिममा रहेको फाँटमा कटारी नगरपालिका को केहि भाग रहेको छ भने पूर्वी भागको ठूलो फाँटमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका तथा त्रियुगा नगरपालिका को केहि भाग रहेको छ। नगरपालिकाहरूको बाँकी क्षेत्र तथा सबै गाउँपालिकाहरु सामान्य पहाडदेखि विकट पहाडमा पर्दछन्। 2078 सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या 342773 जना रहेको छ ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
340,721 (2021) wd
क्षेत्रफल
2,063 km² wd
उचाइ
2 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
ddcudayapur.gov.np wd
निर्देशाङ्क
26.9167° N, 86.6667° E wd

भित्रका ठाउँहरू: उदयपुर जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Udayapur District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): उदयपुर जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28582 · CC0 1.0
  4. Image: View over Gaighat, Triyuga, Nepal 2019 1577.jpg by Rmfenner (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"उदयपुर जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/udayapur-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख उदयपुर जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: View over Gaighat, Triyuga, Nepal 2019 1577.jpg — Rmfenner, CC BY-SA 4.0.

← ठाउँहरू