
त्रियुगा नगरपालिका
Triyuga Municipality
उदयपुर जिल्लामा रहेको एक नगरपालिका
त्रियुगा नेपालको कोशी प्रदेशमा रहेको उदयपुर जिल्लाको एक नगरपालिका हो। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। उदयपुर जिल्लामा रहेका तत्कालिन गाईघाट, देउरी र भुमरसुवा गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा जोगीदह, साउने, खाँबु र जल्पाचिलाउने गाविसहरू यसमा गाभिएका थिए। पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा विकास भइरहेको नगर हो। यस नगरपालिकाभित्र सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। नगरपालिका कुल १६ वडामा विभाजित छ। त्रियुगा नगरपालिकाको पूर्वमा चौदण्डीगढी नगरपालिका, पश्चिममा उदयपुरगढी गाउँपालिका र सप्तरी जिल्ला, उतरमा रौतामाई गाउँपालिका र खोटाङ जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- कोशी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 102,725 (2021) wd
- क्षेत्रफल
- 547.43 km² wd
- उचाइ
- 170 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- triyugamun.gov.np wd
- निर्देशाङ्क
- 26.7919° N, 86.6990° E wd
नजिकका ठाउँहरू
- उदयपुर जिल्ला — 14 km
- लहान नगरपालिका — 23 km
- सप्तरी जिल्ला — 24 km
- बनौली — 25 km
- राजविराज नगरपालिका — 28 km
- खडगपुर — 30 km
स्रोतहरू
- Wikipedia (English): Triyuga Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): त्रियुगा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1457919 · CC0 1.0
- Image: Bokse (ward 10), Triyuga, Udayapur, Nepal.jpg by Raju Babu (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"त्रियुगा नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/triyuga-municipality?lang=ne. Retrieved 21 October 2026.