
सगरमाथा राष्ट्रिय निकुञ्ज
Sagarmatha National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको उत्तरी भागमा छ जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमालहरू तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल ११४८ वर्ग कि.मि. छ । यो इ.सं. १९७६ मा स्थापना गरिएको हो। यस निकुञ्ज क्षेत्रलाई इ.सं. १९७९ देखि विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ । यो निकुञ्ज १८०० मि. देखि ८८४८ मि. सम्मको उचाईमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर,मोनाल, हॉइटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्। यो क्षेत्रभित्र बसोबास गर्ने मानिसहरूको सङ्ख्या करिब ३,००० छ । जसमा मुख्य रूपले शेर्पा जातीको मानिसहरूको बसोवास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्रहरू नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे आदि हुन्।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 1,148 km² wd
- सम्पदा मान्यता
- युनेस्को विश्व सम्पदा क्षेत्र wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- sagarmathanationalpark.gov.np wd
- निर्देशाङ्क
- 27.8911° N, 86.6930° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Sagarmatha National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): सगरमाथा राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q2211959 · CC0 1.0
- Image: Valley, Tengboche, Mountains of Nepal.jpg by Vyacheslav Argenberg (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सगरमाथा राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/sagarmatha-national-park?lang=ne. Retrieved 21 October 2026.