DigiNepal

मिनु गुरुङ

Minu Gurung

नेपाली बक्सर खेलाडी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मिनु गुरुङ नेपाल की एक महिला बक्सर हुन्। मिनु गुरुङले १३औँ दक्षिण एसियाली खेलकुदमा महिला बक्सिङ ५४ ५४ केजी वर्गमा स्वर्ण पदक जितेकी छिन्। उनी करिब ९ वर्ष त्रिभुवन आर्मि क्लबमा आवद्ध रहेकी थिइन्। मिनु गुरुङ आफ्नो दाजु वीर बाहादुर गुरुङको सहायताबाट पाइला टेकेर खेलकुद क्षेत्रमा आएकी हुन्। सुरुमा उनी कराटेमा आकर्षित थिइन् तर उनका बरिष्ठ र प्रशिक्षकहरूले उनको आक्रमकता देखेर बक्सिङमा जान सुझाव दिएका हुन्। १३औँ दक्षिण एसियाली खेलकुद महिला बक्सिङमा जितेको स्वर्ण पदक उनले आफ्नो आमालाई समर्पण गरेकी थिइन्। यस अघि १२ औँ एसए खेलकुदमा कांस्य पदक विजेता हुन पनि सफल भएकी थिइन्। उनलाई उज्बेकिस्तानका प्रशिक्षकले पनि राम्रो आकार दिनको साथसाथै मानसिक रूपमा पनि सुदृढ पार्न धेरै मद्दत पुर्‍याएको थियो। उनी ३ वर्ष अगाडिको खेलमा भारतीय मुक्केवाजसँग पराजित भएकी थिइन् तर यस पटक भने मानसिक रूपमा तयार थिइन्, जसबाट उनले स्वर्ण पदक प्राप्त गर्न सफल भइन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
boxer wd

स्रोतहरू

  1. Wikipedia (English): Minu Gurung · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मिनु गुरुङ · CC BY-SA 4.0
  3. Wikidata item Q82519277 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मिनु गुरुङ". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/minu-gurung?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मिनु गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व