DigiNepal
जयपृथ्वी बहादुर सिंह
Janak Bhatta · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

जयपृथ्वी बहादुर सिंह

Jaya Prithvi Bahadur Singh

Read in English · हिंदी में पढ़ें

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ। त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो। जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक 'अक्षराङ्क'मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
बझाङ जिल्ला wd
निधन
wd
निधन स्थान
बेङ्गलोर wd
आधिकारिक वेबसाइट
jayaprithvi.org wd

स्रोतहरू

  1. Wikipedia (English): Jaya Prithvi Bahadur Singh · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जयपृथ्वी बहादुर सिंह · CC BY-SA 4.0
  3. Wikidata item Q19672664 · CC0 1.0
  4. Image: Jaya Prithvi Bahadur Singh1.jpg by Janak Bhatta (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जयपृथ्वी बहादुर सिंह". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/jaya-prithvi-bahadur-singh?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जयपृथ्वी बहादुर सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Jaya Prithvi Bahadur Singh1.jpg — Janak Bhatta, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व