सिद्धार्थ राजमार्ग अवरुद्ध
११ असोज २०८३11 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentवालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.