परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
११ असोज २०८३11 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ, ११ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चहरुमा साझा विषय उठाउने बारेमा विचारविमर्श भएको थियो ।
आजै परराष्ट्रमन्त्री खनाल र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गर्नुभएको छ ।
भेटमा परराष्ट्रमन्त्री खनालले नेपालप्रति सद्भाव दर्शाएर २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
उहाँहरुबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चहरुमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.