
रोबर्ट एन्ड्रयु मिलिकन
Robert Millikan
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रोबर्ट एन्ड्रयु मिलिकन (मार्च २२, १८६८- डिसेम्बर १९, १९५३) एक अमेरिकी प्रयोग भौतिकशासत्रि हुन् जसलाई १९२३ मा इलेक्ट्रोनको मुलभुत एकाइ चार्जको नाप र प्रकाश विद्युत प्रभावमा उनको कार्यको लागि भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Comstock Prize in Physics (1913)
- Edison Medal (1922)
- भौतिक शास्त्रमा नोबेल पुरस्कार (1923)
- Hughes Medal (1923)
- Faraday Lectureship Prize (1924)
- Matteucci Medal (1925)
- ASME Medal (1926)
- Franklin Medal (1937)
- doctor honoris causa from the University of Paris (1939)
- Oersted Medal (1940)
- Honorary Fellow of the Royal Society Te Apārangi
- Fellow of the American Academy of Arts and Sciences
परिचय
मिलिकनले ओबर्लिन कलेजबाट १८९१ मा स्नातक गरे र १८९५ मा कोलम्बिया युनिभर्सिटीबाट डक्टोरेट उपाध हासिल गरे। १८९६ मा उनी युनिभर्सिटी अफ सिकागोमा सहायक प्राध्यापक भए जहाँ उनी १९१० मा पुर्ण प्राध्यापक बने। १९०९ मा मिलिकनले इलेक्ट्रोनको मुलभुत एकाइ चार्ज पता लगाउन प्रयोगको शृङ्खला सुरु गरे। उनले इलेक्टि्क फिल्डमा चार्जयुक्त पानीको थोपाबाट प्रयोगको थालनी गरे। प्रयोगको नतिजाबाट यो निष्कर्षमा पुगियो क थोपामा रहेको चार्ज मुल इलेक्ट्रोनको चार्जको गुणन हुन्छ, १९१० मा उनले आफ्नो प्रख्यात आयल ड्रप एक्सपेरिपेन्टबाट नतिजा हासिल गरे जहाँ उनले पानीलाई विस्थापित गरी आयल ड्रपको प्रयोग गरे जुन एकदम छिटो वाष्पिकरण हुन्छ।
१९१४ मा मिलिकनले समान खालको उपाय र सोचबाट १९०५ मा अल्बर्ट आइनस्टाइनको प्रकाश विद्युत प्रभाव व्याख्या गर्ने समीकरण सिद्ध गर्न सुरु गरे। उनले यसै विधिबाट प्ल्यान्क स्थिराङ्कको मान पत्त लगाए । १९२१ मा मिलिकनले युनिभर्सिटी अफ सिकागो छोडे र पासाडेन क्यालिफोर्नियामा रहेको ईन्स्टिच्युट अफ टेक्नोलोजी नर्म्यान बृज भौतिकशास्त्र प्रयोगशालाको निर्देशक बने। त्यहाँ उनल भौतिकशास्त्री भिक्टर हेसले पत्ता लगाएको बाहिरी अन्तरिक्षबाट आउने विकिरणसम्बन्धि अध्ययन गरे। मिलिकनले यी विकिरणहरूलाई "कस्मिक विकिरण " नमाकरण गरे। १९२१ देखि सेवा निवृत नभएसम्म १९४५ सम्म क्याल्टेक कार्यकारी परिषद (त्यस समयको बिद्यालय नियामक संस्था) को अध्यक्ष भए र उनले स्कुललाइ अमेरिकाको अग्रणी अनुसन्धान संस्थामा रुपान्तरण गरे। उनले १९२१ देखि १९५३ सम्म सोसाइटी फर साइन्स एण्ड द पब्लिकको बोर्ड सदस्य भएर सेवा गरे ।
स्रोतहरू
- Wikipedia (English): Robert Millikan · CC BY-SA 4.0
- Wikipedia (Nepali): रोबर्ट एन्ड्रयु मिलिकन · CC BY-SA 4.0
- Wikidata item Q130975 · CC0 1.0
- Image: Millikan.jpg by Nobel foundation (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रोबर्ट एन्ड्रयु मिलिकन". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/robert-millikan?lang=ne. Retrieved 6 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अल्बर्ट ए. माइकलसन
Enrico Fermi
मारिया गिउपर्ट
Steven Weinberg
Wolfgang Pauli
Erwin Schrödinger
Eugene Wigner
Hendrik Lorentz
हेनरी बेकरेल
जे जे थोमसन
James Chadwick
जोहन्नेस दिदेरिक भ्यान्डर वाल्स