DigiNepal

रविन्द्र प्रताप शाह

Rabindra Pratap Shah

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रविन्द्र प्रताप शाह मिति २०६८/०२/१८ देखी २०६९/०५/२८ सम्म नेपाल प्रहरीका प्रहरी महानिरीक्षक हुन । विक्रम सम्वत् २०१४ साल असार १६ गते धादिङ जिल्ला, मैदी गा.वि.स. वडा नं. २ मा बुबा लालजङ्ग शाह र आमा नन्दकुमारी शाहको कोखबाट जन्मनु भएको शाहले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक तहसम्मको डिग्री हासिल गर्नु भएको छ। प्रहरी महानिरीक्षक शाहले वि.सं. २०३९ साल भदौ २९ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गर्नु भई क्रमैसँग पदोन्नती हुदै २०६५ साल असोज २ गतेको मन्त्री परिषदको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभई प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुखको पदभार सम्हाल्नु भएको थियो भने २०६८ साल जेठ १८ गतेको नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले प्रहरी महानिरीक्षक पदमा नियुक्त हुनुभएको हो। सादा जीवन उच्च विचारको जीवन शैलीबाट अभिप्रेरित उहाँ प्रहरी सेवाप्रति निष्ठावान, व्यावसायिक र ईमान्दार प्रहरी अधिकृतका रूपमा चिनिनुहुन्छ। प्रहरी महानिरीक्षक शाहले प्रहरी प्रधान कार्यालयबाट सेवा शुरु गर्नु भई विभिन्न ठाउँहरूमा कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ। उहाँले आवश्यक सवै तालिमहरू प्राप्त गर्नुका साथै विभिन्न विभुषणबाट सम्मानित हुन भएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
मैदी wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

  • chief of police

स्रोतहरू

  1. Wikipedia (English): Rabindra Pratap Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रविन्द्र प्रताप शाह · CC BY-SA 4.0
  3. Wikidata item Q19682956 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रविन्द्र प्रताप शाह". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/rabindra-pratap-shah?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रविन्द्र प्रताप शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व