
मोहनलाल
Mohanlal
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोहानलाल विश्वनाथन, एकल नाम मोहनलाल बाट परिचित, भारतीय अभिनेता, चलचित्र निर्माता, पार्श्व गायक तथा चलचित्र वितरक हुन्। उनले मुख्य रूपमा मलयालम चलचित्र उद्योगमा काम गरेका छन्। साथै [[तमिल भाषा|तमिल], [[तेलगु भाषा|तेलुगु] र हिन्दी भाषाका केही चलचित्रहरूमा पनि अभिनय गरेका छन्। उनी भारतीय सिनेमा इतिहासका सबैभन्दा सम्मानित तथा प्रभावशाली अभिनेतामध्ये एक मानिन्छन्। चार दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा मोहनलालले ३४० भन्दा बढी चलचित्रहरूमा अभिनय गरेका छन्। उनको अभिनय कौशल र बहुमुखी प्रतिभाका कारण उनलाई भारतीय सिनेमाका महान कलाकारमध्ये एकका रूपमा लिइन्छ। मलायालम बाहेक उनी अन्य भारतीय चलचित्रमा पनि देखा परेका छन्। मोहलनलालले पाँच पटक राष्ट्रिय फिल्म अवार्ड, — दुई उत्कृष्ट अभिनेता, एक पटक अभिनयका लागि स्पेसल जुरी मेन्सन र एक पटक उत्कृष्ट फिचर फिल्म अवार्ड । उनले नौ पटक केरला स्टेट फिल्म अवार्ड र फिल्मफेयर अवार्ड साउथ र कयौं पदवी हासिल गरेका छन्। भारत सरकारले उनलाई भारतीय चलचित्र क्षेत्रमा उनको योगदानको लागि २००१ मा चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री, र २०१९ मा तेश्रो सर्वोच्च नागरिक सम्मान पद्म भूषण बाट बाट सम्मानित गरेको थियो, २००९ मा, उनी टेरिटोरियल सेनाको मानार्थ लेफ्टिनेन्ट कर्नेलको सम्मान पाउने उनी पहिलो भारतीय अभिनेता बनेका थिए। उनले श्री शंकराचार्य संस्कृत विश्वविद्यालयबाट सन् २०१० मा र २०१८ मा कालीकट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि पनि हासिल गरेका थिए।
मुख्य तथ्यहरू
पुरस्कार wd
- पद्मभूषण (2019)
- National Film Award for Best Actor (1991)
- Kerala State Film Award for Best Actor
- Padma Shri in Art
स्रोतहरू
- Wikipedia (English): Mohanlal · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोहनलाल · CC BY-SA 4.0
- Wikidata item Q2050534 · CC0 1.0
- Image: Mohanlal Viswanathan BNC.jpg by Prathyush Thomas (GFDL 1.2)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोहनलाल". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/mohanlal?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मुकेश अम्बानी
सुष्मिता सेन
अजय देवगन
Lakshmi Mittal
Ratan Tata
इंदिरा नुई
प्रियंका गान्धी
गौतम अदानी
Azim Premji
N. R. Narayana Murthy
Vijay Mallya
Ajay Banga