
मुकेश कायस्थ नेपालको दोस्रो जनआन्दोलन २०६२/६३ का क्रममा घाइते भएका नेपालका जिउँदो शहीद हुन्। जनआन्दोलनका क्रममा अचेत बनेका बनेपाका मुकेश कायस्थको स्वास्थ्य स्थिति अझै सामान्य हुन सकेको छैन। २०६२ साल चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर अचेत भएका कायस्थलाई काठमाडौंको वीर अस्पतालमा करिब ११ महिनासम्म उपचार गरिएको थियो। जनआन्दोलनमा १५ वर्षीय मुकेशको कन्चटमा गोली लागेको थियो। मुकेश पछिल्लो अवस्थामा मोटाउँदै र स्वास्थ्यमा केही सुधार हुँदै गएको छ। २०६२ साल चैत २७ गते कन्चटमा गोली लाग्दा मुकेश १५ वर्षका थिए। उनले स्थानीय विद्यासागर बोर्डिङ स्कूलमा कक्षा ८ को परीक्षा दिइसकेका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- काभ्रेपलाञ्चोक जिल्ला wd
स्रोतहरू
- Wikipedia (English): मुकेश कायस्थ · CC BY-SA 4.0
- Wikipedia (Nepali): मुकेश कायस्थ · CC BY-SA 4.0
- Wikidata item Q19682615 · CC0 1.0
- Image: मुकेश कायस्थ.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मुकेश कायस्थ". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q19682615?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्