Official update

जेन्जी घाईतेहरुको उपचारको सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुरोध ।

२ मंसिर २०८३2 Mangsir 2083

Issued by

Ministry of Health and Food Safety

More from this department

२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार नेपाल सरकारको निर्णय अनुरूप देशभरका अस्पतालहरूबाट उपलब्ध हुँदै आएको छ। घाइते भएका नागरिकहरूको निःशुल्क, सहज र गुणस्तरीय स्वास्थ्य उपचार सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था मिलाएको छ ।
घाइतेहरूको उपचारलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले यसअघि प्रचलनमा रहेको उपचारसम्बन्धी कार्यविधिलाई समेत परिमार्जन तथा संशोधन गरिसकेको छ। संशोधित कार्यविधिअनुसार घाइतेहरूको उपचारमा लाग्ने खर्च सम्बन्धित अस्पताललाई शोधभर्ना उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको छ। यस व्यवस्थाअनुसार देशभरका अस्पतालहरूमा उपचाररत जेन्जी आन्दोलनका घाइतेहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चित गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत घाइतेहरूको उपचार समेत निःशुल्क हुने व्यवस्था मिलाइएको छ।घाइतेहरूको स्वास्थ्य अवस्था अनुसार आवश्यक उपचार, थप उपचार तथा फलोअप सेवालाई समेत प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ।
उपचारका क्रममा कुनै समस्या, अन्योल वा थप सहजीकरण आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाईन नं. १११५ वा मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (HEOC) (mohp.gov.np) मा सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates