भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
१७ असोज २०८३17 Asoj 20831 image
Ministry of Health and Food Safety
More from this departmentकाठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो।
अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो।
Attachments
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

No comments yet.
Sign in to react, comment or save this update.