Official update

बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक

८ असोज २०८३8 Asoj 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ।

​मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गते (बिहीबार) देखि असोज ११ गते (आइतबार) सम्म दैनिक बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

​मौसम पूर्वानुमानअनुसार यी चार दिन ठूलो वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि यो कदम चालिएको प्रशासनले जनाएको छ।
​
निर्णयहरू:
​सवारी समयसीमा: असोज ८ देखि ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन नपाइने।
​दिउँसोको यात्रा: वर्षा र बाढीको स्थिति हेरेर दिउँसो पनि गाडी रोक्नुपर्ने अवस्था आएमा जिल्ला प्रहरी कार्यालय काभ्रेले तत्काल निर्णय लिने।

​छिमेकी जिल्लासँग समन्वय: निर्णय कार्यान्वयनमा सहजताका लागि सिन्धुली र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग सहकार्य गरिने।

​सुरक्षा निकाय अलर्टमा: उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीहरूलाई विभिन्न जोखिमयुक्त स्थानमा तयारी अवस्थामा राखिएको।
​स्थानीय प्रशासनले नदी किनार तथा पहिरोको जोखिम क्षेत्रमा बस्ने

नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक कामबाहेक जोखिमयुक्त बाटोमा यात्रा नगर्न अपिल गरेको छ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates