आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
८ असोज २०८३8 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentबङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् डेविड ढकालका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो।
आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि मौसम निरन्तर परिवर्तन भइरहेकाले नियमित रूपमा अध्यावधिक सूचना लिन उहाँले सुझाव दिनुभएको छ।
मौसमको आगामी स्थिति:
आज: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा सामान्यभन्दा केही तीव्र हावाहुरी चल्न सक्छ।
शुक्रबार: वर्षाको प्रभाव अझ बढ्नेछ। कर्णालीदेखि पूर्वी भू-भागसम्म वर्षा केन्द्रित हुनेछ भने कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।
शनिबार: वर्षा र हिमपातको असर क्रमशः पश्चिमतर्फ सर्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा भारी हिमपात र अन्य भू-भागमा वर्षाको सम्भावना छ।
पछिल्लो २४ घण्टामा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास अधिकतम १६४ मिलिमिटरसम्म वर्षा भइसकेको छ। विभागले मौसम पूर्वानुमान नक्सामा 'सुन्तला रङ' (ओरेञ्ज अलर्ट) ले देखाइएका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन अनुरोध गरेको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.