आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून, मौसम आंशिक बदली रहने
१४ असोज २०८३14 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ। आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार आज उपत्यकामा हल्का वर्षा हुने सम्भावना २० प्रतिशत मात्र रहेको छ। "यो भनेको वर्षा हुने सम्भावना एकदमै कम हुनु हो," मौसमविद् निरौलाले भन्नुभयो, "वर्षा हुन पनि सक्छ र नहुन पनि सक्छ। यदि भइहालेमा पनि दिउँसो वा साँझतिर हल्का रूपमा हुने सम्भावना देखिन्छ।"
उहाँका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।
यसैबिच, आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। महाशाखाका अनुसार बिहान ८:४५ बजे लिइने आधिकारिक मापनसम्म न्यूनतम तापक्रम अहिलेको दाँजोमा थोरै घट्न सक्ने आकलन गरिएको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.