
Vasant Panchami
वसन्त पञ्चमी
Hindu
Dates
| 2083 BS | 11 Feb 2027 (28 Magh 2083 BS) · in 122 days | Reported by Wikipedia source |
| 2084 BS | Date to be announced | Date to be announced |
Vasant Panchami, also rendered Basant Panchami and Saraswati Puja in honour of the Hindu goddess Saraswati, is a Hindu festival that marks the preparation for the arrival of spring. It is celebrated during the fifth day (Panchami) in the bright fortnight (Shukla Paksha) of the month of Magha between January and February every year of the Hindu lunar year.
Vasant Panchami also marks the start of preparation for Holika and Holi, which take place forty days later. The Vasant Utsava (festival) on Panchami is celebrated forty days before spring, because any season's transition period is 40 days, and after that, the season comes into full bloom.
नेपालीमा
वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अझै पनि वसन्त पञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौर वर्षमा (वि.सं.२०७५ माग २७ गते तदनुसार सन् २०१९ फेब्रुअरी १० तारिकका दिन परेको छ । प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु हो । जब फूलहरूमा बहार हो, जौ र गहूँका बालीहरू लहलहाउँछ । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउँछ । पुष्पबाट सुगन्ध फैलिन्छन् र चारैतिर रंग-बिरंगी पुतलीहरू उड्नथाल्छन । कोकिल कुहु कुहु गर्दछन् । यो बेलामा पहिला राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल यजुर्वेद शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्निध्यान गरे भनिएको छ । माघ महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदाङ्ग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो…
Observed by: Hindus in India, Nepal, Bangladesh, Java and Bali (Indonesia and many other countries)