
Kushe Aunsi
कुशे औँसी
Hindu
Dates
| 2083 BS | Bhādra māsa, kṛṣṇa pakṣa, amavasya tithi — date to be announced | Date to be announced |
| 2084 BS | Bhādra māsa, kṛṣṇa pakṣa, amavasya tithi — date to be announced | Date to be announced |
When: Bhādra māsa, kṛṣṇa pakṣa, amavasya tithi (Wikipedia)
Kushe Aunsi (Nepali: कुशे औंसी; Gokarna Aunsi or Buwa ko Mukh Herne Din) is a Nepalese Hindu lunar festival of celebrating fatherhood and paternal bonds, equivalent to the Father's Day celebration. The festival falls on the new moon day of the Hindu month of Bhadra (late August or early September). The cow-eared incarnation of Shiva— Gokarneswor Mahadev is also worshipped on this day.
Many people go to pilgrimage to Gokarneswor Mahadev temple, located in the northeastern part of Kathmandu, and they bathe and make offerings. People whose father has died also perform Shraddha (yearly death rituals).
नेपालीमा
कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ। कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशेऔँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन्। कुशे औँसीका दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन्। शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन्। गोकर्णेऔँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन्। विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठुलो घुइँचो लाग्छ।'पितृदेवो भव'भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले…
Observed by: Nepali Hindus